चीनबाट भागेकी चिनीयाँ महिला नेपालमा पक्राउ

काठमाडौं – चीनमा ठूलो आर्थिक अनियमितता गरेको आरोपमा काठमाडौंमा पक्राउ परेकी चिनियाँ महिलालाई अध्यागमन विभागले निष्काशन गर्ने निर्णय गरेको छ।

नेपालस्थित चिनियाँ दूतावासको विशेष आग्रहमा प्रहरीले ती महिलालाई पक्राउ गरेको थियो।

प्रहरीले पक्राउ परेकी चिनियाँ महिला झाङ गायुनलाई अध्यागमन विभागमा बुझाएको थियो।

विभागले ती महिलालाई भिसा नियमित गरी चीन पठाउने निर्णय गरेको हो।

गायुन अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सर्वाधिक खोजी सूचीमा थिइने।

चीनबाट वित्तीय अपराध गरी नेपाल भागेकाले नेपालस्थित चिनयाँ दूतावासले उनको राहदानी रद्द गरेको अन्नपूर्ण पोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

23000