Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

क्रिकेटमा नेपाल विश्व वरियतामा २१ औं

काठमाडौं, १४ कात्तिक। पहिलो खेलमा युगान्डासँग बेहोरेको हारको बदला लिँदै नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ च्याम्पियन बनेर विश्व वरियतामा २१ औं स्थानमा उक्लिएको छ।

मलेसियामा भएको प्रतियोगिताको फाइनलमा नेपालले युगान्डालाई ६२ रनले पराजित गरेपछि नेपाल माथि उक्लिएको समाचार नागरिक दैनिकमा छापिएको छ।

आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत नेपाल र युगान्डाबीचको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९।५ ओभरमा सबै विकेट गुमाएर २२३ रन बनाएको थियो। २२४ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा आएको युगान्डाले ४४।१ ओभरम सबै विकेट गुमाएर १६१ रन बनाउन सक्यो।

नेपालका लागि शक्ति गौचनले २, बसन्त रेग्मीले २, सागर पुनले १, भुवन कार्कीले ४ र सोमपाल कामीले १ विकेट लिए। यसअघि ब्याटिङ गर्दै तीन जना नेपाली खेलाडीले अर्धसतक पूरा गरेका थिए। नेपालले ओपनिङ ब्याट्सम्यान सुवास खकुरेलको अनुपस्थितिमा सागर पुन र नरेश बुढायरले सुरुवाती ब्याटिङ गरेका थिए।

दुवैले अर्धसतक बनाए। नरेशले ७३ बल खेल्दै ५१ रन जोडेर आउट भए भने ९९ बल सामना गरेका सागर ६४ रनमा पेभेलियन फर्के। उपकप्तान ज्ञानेन्द्र मल्लले ६५ बलमा ५६ रन बनाए। युगान्डाका सु बुगाले कप्तान पारस खड्कालाई आउट गरेका थिए।

पारसले २१ बल खेल्दै एक छक्कासहित १३ रन मात्र जोड्न सके भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।युगान्डाका आरजी मुकासाले ३।५ ओभर बलिङ गर्दै नेपालको ६ विकेट लिएका थिए। मलेसियामा जारी डिभिजन ३ को फाइनलमा पुगेका नेपाल र युगान्डा डिभिजन २ मा बढुवा भइसकेका छन्।

तस्वीरः रमण सिवाकोटी / क्यान





Comments

comments

2559