Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकन चुनाबमा नेपालीहरुको शक्ति प्रदर्शन

विजय थापा / एचकेनेपाल डट कम –
अमेरिकामा आगामी नोवेम्बर ४ तारिखमा हुदै गरेको निर्वाचनमा नेपाली समुदायलाई लक्षित गर्दै आफ्नो पक्षमा मत ल्याउन उम्मेद्वारहरु चुनाब प्रचार प्रसारको संघारमा नेपाली समुदाय संगको भेटघाटलाई तिब्र पार्दै नेपालीहरुको आवाजलाई क्यापिटल हिलमा पुर्याउने भएका छन्।

बिगत एक दशकदेखि डिसी महानगर क्षेत्रमा नेपाली समुदायको जनघनत्व बिज गणतीय रुपमा बढी रहेको छ। बुधबार साँझ डिसी महानगर क्षेत्र १० का डेमोक्राटिकका उम्मेदवार जन फाउस्टसंग राखिएको भेटघाट कार्यक्रममा यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले शक्ति प्रदर्शन गरि उम्मेदवारलाई आश्चर्य चकित बनाई दिएका छन्।

छोटो समयको सुचना तथा सप्ताह मध्यमा कार्यक्रमको चाजो मिलाइएको भएता पनि नेपाली समुदाय स्वत स्फ्रुत रुपमा कार्यक्रममा उम्मेदवारलाई नेपाली समुदायको आवाज व्हाइट हाउससम्म पुर्याउने हेतुले अनुमान गरिएको भन्दा तीन दोब्बर नेपालीहरु जम्मा भएका थिए। डेमोक्राटिकका उम्मेदवार जन फाउस्ट लाई भेट्न उक्त सभा कक्ष भरि भराउ भएको थियो भने नेपाली मतदाताहरु उभिनु परेको थियो।

डेमोक्राटिकका उम्मेदवार जन फाउस्ट नेपालीहरुको यत्रो समुदाय होला भनि कल्पना पनि नगरेको भन्दै भर्जिनियामा विविधता आप्रवासी समुदायहरु छन् भन्दै नेपालीहरुसंग मिलेर काम गर्ने बताए।

उनले आफ्ना गरेका कामहरुको बारेमा प्रकाश पार्दै हामीलाई आप्रवासन पद्धति आवश्यक हुन्छ भन्दै आप्रवासन पद्धति सुधार पनि गर्दै लैजानु पर्ने छ भन्दै अल्प संख्यकहरुलाई सुरक्षित गर्नु पर्ने कुरामा जोड दिए।

आयोजकको तर्फबाट समाज सेवी प्रेम संग्रौलाले हामीले उम्मेदवारलाई समर्थन गर्नु पर्छ भन्दै हाम्रा आवाज सुनाउनु पर्छ र हाम्रा आवाज संसदमा पुर्याउनु पर्छ। मतदान जन फाउस्टलाई जिताउनको लागि हामी भेला भएका हौ भन्दै मन्तब्य राखेका थिए।

भर्जिनिया राज्यका लाउडन काउन्टी डलस जिल्लाका डेमोक्र्याटिक दलका सभापति तथा लेखा परीक्षक हरि शर्माले जन फाउस्टर लाई किन जिताउनु पर्ने भन्दै उनले बिगतमा गरेका कामहरुको क्रम बद्ध रुपमा ब्याख्या गरेका थिए भने भर्जिनियाका लागि सिनेटरका उम्मेदवार मार्क वार्नर अनुपस्थिति रहेकोले उनको संदेश प्रतिनिधि मार्फत सुनाईएको थियो।

भर्जिनिया लाउडन काउन्टी डेमोक्र्याटिककी सभापतिले नेपालीहरुको समुदाय निक्कै ठूलो भएकोमा खुशी ब्यक्त गर्दै चुनाब निक्कै प्रतिस्पर्द्धा रहेको बताइन्। घर दैलो अभियान चलाउन केवल ४ दिनमा आमुल परिवर्तन हुने छ भन्दै नेपाली समुदायलाई त्यसो गर्न आग्रह गरेकी थिइन्।

भेटघाट कार्यक्रममा नेपाली समुदायले आर्थिक सहयोग स्वरुप चन्दा पनि दिएका थिए। अतिथि तथा उम्मेदवार जन फाउस्ट तथा उनकी श्रीमतीलाई चुनाबमा शुभ साईत स्वरुप बिजयीको शुभकामनाको आशिस दिदै नेपाली महिला चेलीबेटीले खादा लगाई दिएका थिए।

उक्त कार्यक्रममा नेपालकी ख्याती प्राप्त गायिका मिरा राणा समेत जन फाउस्टलाई भेट गर्न आएकी थिइन्। कार्यक्रममा अमेरिकन राष्ट्रिय गीत प्रकृति देउजाले गाएकी थिइन् भने उम्मेदवारले नेपाली चेलीलाई स्याबासी दिएका थिए।





Comments

comments

2586