सीताको उपचार गर्न प्रचण्ड तातोपानी कुण्डमा

म्याग्दी — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको तातोपानी कुण्ड आईपुगेका छन्।

भारत, सिंगापुर गाइल्याण्डका अस्पतालमा उपचार गर्दासमेत सन्चो नभएपछि विश्वमै प्रख्यात बेनी नगरपालिका ४ सिंगा तातोपानीमा अवस्थित कुण्डमा पुत्री गंगा दाहाल, गृहमन्त्री रामबहादुर थापा, उनकी धर्मपत्नी नैनकलाहित परिवारिक टोली कुण्डमा पुगेका थिए।

विरामी जस्तै देखिने सीतालाई छोरी गंगा र सहयोगीले दुईहात समातेर कुण्डमा पुर्याएका थिए।

सुगर, प्रेसरलगायत समस्याबाट पीडित सीतालाई रोगले झन् च्याप्न थालेपछि चिन्तित् दाहालको म्याग्दी भ्रमण पारिवारिक भएको दाहालका स्वकीय सचिहादुर महराले बताए। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

25610