भक्कानिए प्रचण्डको परिवार

काठमाडौं । सधै चहलपहल हुने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुलटलारमा मानिसहरुको उपस्थिति बाक्लो रहेपनि सबै मौन देखिन्थे ।

मानिसहरुको भिड भएर पनि त्यहां सन्नटा छाएको थियो । सबैको अनुहार मलिन थियो । प्रचण्ड पुत्र प्रकाश दाहालको प्रथम स्मृति दिवसको अवसरमा उपस्थित सबै प्रकाशको संझना गरिरहेका थिए । एक बर्ष अघि हृदयघातको कारण निधन भएका प्रकाशको स्मृतिमा परिवारले निवासमा नै कार्यक्रम आयोजना गरेको थियो।

प्रकाशको निधन भएपछि जबरजस्त रुपमा सम्हालिएको प्रचण्ड परिवारलाई पुनः एक बर्ष अघिको दुःखद दिनको स्मरणले झन दुःखित बनाएको छ । प्रकाशकी आमा सीता दाहाल पुत्र वियोगमा अझै सम्हालिन सक्नुभएको छैन।

सोमवार खुमलटारमा आयोजित प्रकाश दाहालको पहिलो स्मृति दिवसमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्ड, सीता दाहाल, प्रकाशकी जीवन संगीनी विना मगर भक्कानिएका थिए।

श्रद्धान्जली कार्यक्रम अवधिभर सीता दाहाल सम्हालिन सक्नुभएन । गहभरी आशु पार्दै सम्हालिनु भएका प्रचण्ड निःशब्द देखिनुहुन्थ्यो । विना मगर श्रीमानको वियोगमा झन सम्हालिन सक्नुभएको थिएन । उपस्थित सबैको आँखा रसाए। नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

Leave a Reply

25701