परराष्ट्रमन्त्री ज्ञवाली विदेश घुमेको घुम्यै, जापान १३औं भ्रमण

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा कार्यसम्पादनबारे मन्त्रीहरूलाई र्‍याखर्‍याख्ती पारिरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने जापान डुलिरहेका थिए।

पाँच दिनका लागि गएका उनी टोकियो, ओसाकालगायत केही सहर घुमे ।

शुक्रबार काठमाडौं आइपुग्ने उनी सम्भवतः चाँडै अर्को देश जानेछन् । किनकि उनी प्रायः घुमेको घुम्यै गर्छन् । मन्त्रालय सम्हालेको ८ महिनामा ६४ दिन त विदेशमै बिताइसके । जापान उनको १३औं भ्रमण हो ।

विदेशमा सरकारका सदस्य भ्रमणमा निस्कँदा जरुरीलाई ख्याल राख्छन् । पाकिस्तानका प्रधानमन्त्री इम्रान खान बुधबार मलेसिया गए, बिहीबार फर्के । आवश्यक ‘डिल’ एकै दिनमा सके । मलेसियाका मानव संशाधनमन्त्री एम कुला संगेरा तीन साताअघि काठमाडौं ओर्लिए । भोलिपल्टै क्वालालम्पुर पुगे ।

नेपालमा गरेको सम्झौता र त्यसले सम्बन्धमा बढाएको प्रभाव क्वालालम्पुर पुगेर सुनाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् वा अन्य मुलुकका विशिष्ट पाहुना नेपाल आउँदा समयमा मितव्ययी बन्छन् । तर हामी त्यसबाट सिक्ने होइन, फुर्सद मिलेको झैं सहर घुमेरै बिताउँछौं । अन्नपूर्ण पोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

25734