फेसबुकले मात्र लान्छ नेपालबाट बर्षमा १३ अर्ब


फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन्।

विज्ञापन तथा व्यवस्थापन प्रवर्द्धनका नाममा सामाजिक सञ्जालको ठूलो परिणाममा नाफा कमाइरहेपनि नियमन नहुँदा राज्यले करोडौं राजस्व गुमाइरहेको खबर नयाँपत्रिकामा छ ।

सबैभन्दा ठूलो सामाजि सञ्जाल फेसबुकले आफ्ना उत्पादन फेसबुक, हवाट्एप, इन्सटाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्यासिफिक क्षेत्रबाट प्रयोगकर्ताले ८ दशमलव ९२ डलर आम्दानी गरेको थियो।

यस वर्ष ९ दशमलव ९१ डलर आम्दानी गर्ने अनुमान छ। एसिया प्यासेफिक क्षेत्रको औसत मान्दा एक करोड १० लाख नेपाली प्रयोगकर्ताबाट फेसबुकले यस वर्ष १२ अर्ब ७२ करोड रुपैया लगेको छ।

यही हिसाबले यस वर्ष फेसबुकले ६० खर्ब ७० अर्ब रकम कमाई गरेको छ।





Comments

comments

Leave a Reply

25740