पूर्वसैनिकलाई ५१६० बर्ष जेल

ग्वाटेमाला, देशको गृहयुद्धका बेला भएको हत्याकाण्डमा भूमिका रहेको भन्दै ग्वाटेमालाका एक पूर्व सैनिकलाई पाँच हजार एक सय ६० बर्ष जेल सजाय तोकिएको छ।

ग्वाटेमाला गृहयुद्धका बेलास सन् १९८२ मा दोस एरिस गाउँमा एकै पटक दुईसय भन्दा बढी मािनसको हत्या भएको थियो ।

ग्वाटेमालाको क्रुर ३६ बर्षीय द्धन्द्धमा दोस एरिस हत्याकाण्डलाई सबैभन्दा हिंस्रक अध्यायका रुपमा लिईन्छ ।

सान्तोष लोपेज नामका ती सैनिक एक्लैलाई एकसय ७१ मासिनको हत्यामा जिम्मेवार ठहर गर्दै सो जेल सजाय भएको बीबीसीले जनाएको खबर नागरिक दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

25738