३ असोजलाई ‘कालो दिन’ मान्ने कि नमान्ने भन्नेमा फोरममा विवाद

घीय समाजवादी फोरममा गत ३ असोजको संविधान दिवसलाई ‘कालो दिन’ मान्ने कि नमान्ने भन्नेमा विवाद बढेको छ ।

संविधान दिवस मनाएको २ महिनापछि फोरममा विवादको विषय औपचारिक रूपमा आएको खबर नयाँ पत्रिकाले छापेको छ।

पार्टीको नीतिविपरीत पदाधिकारीले संविधान दिवसलाई कालो दिनका रूपमा मनाउने निर्णय गरेको भन्दै बैठकमा विषय प्रवेश भएपछि विवाद भएको हो । विवादमा केन्द्रीय उपाध्यक्ष रेणु यादवसमेत तानिएकी छिन् । विवाद कार्यसम्पादनको बैठकदेखि केन्द्रीय समितिसम्म पुग्ने भएको छ ।

२ देखि ५ मंसिरमा भएको फोरमको कार्यसम्पादन बैठकमा केन्द्रीय उपाध्यक्ष यादवविरुद्ध केही पदाधिकारीले प्रश्न उठाएका थिए । प्रश्न उठेपछि यादवले राजीनामा दिए पनि स्वीकृत भने भएन । यो विवाद २० मंसिरबाट सुरु हुने केन्द्रीय समितिको बैठकसम्म पुग्ने फोरमका एक पदाधिकारीले जानकारी दिए ।

रेणु किन विवादमा ?

प्रदेश २ को इन्चार्जको हैसियतमा ३ असोजमा पार्टी नीतिविपरीत संविधान दिवसलाई कालो दिवसका रूपमा मनाउने निर्णय गरेपछि रेणु यादव विवादमा तानिएकी थिइन् । पार्टी संविधान दिवसको विषयमा मौन बसेको थियो । तर, केन्द्रीय उपाध्यक्षसमेत रहेकी यादवले प्रदेश २ मा कालो दिवस मनाउने निर्णय गरेकी थिइन् । कार्यसम्पादन बैठकमा यादवको विषयमा प्रश्न उठेको थियो । ३ असोजको उक्त घटनासँगै प्रदेश २ को इन्चार्ज, प्रदेश समितिको अध्यक्षमध्ये एक पद मात्र हुनुपर्ने माग पनि उठेको थियो ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

25810