लडेर घाइते भएका बिरामीको उपचारमा चिकित्सकले लापरबाही गर्दा मस्तिष्कघात भएको भन्दै बिरामीलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजामती अस्पताललाई निर्देशन दिएको छ।
जिल्ला क्षतिपूर्ति समिति र उच्च अदालत पाटनको फैसलाअनुसार क्षतिपूर्ति दिन सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले अस्पताललाई बुधबार पत्राचार गरेका हुन्।
गलत औषधि प्रयोगका कारण बिरामी उद्धवसिंह ऐरको मस्तिष्कघात भएको भन्दै उनकी श्रीमती दीपादेवीले जिल्ला क्षतिपूर्ति समितिमा निवेदन दिएकी थिइन् । ३० लाख माग भएकोमा क्षतिपूर्ति समितिले अस्पताल र चिकित्सकलाई दोषी ठहर गरी २० लाख ३६ हजार नौ सय ५६ रुपैयाँ क्षतिपूर्तिको निर्णय गरेको थियो। नयाँपत्रिकामा खबर छ।
छुटाउंनु भयो कि? Tai Tong Park मा BBQ पार्टी खाना जाँदा… (हेर्नुहोस् हङकङको भिडियो भ्लग)