हत्या गर्ने हुँ म भन्दै डिएसपीलाई फोन आएपछि…

दोलखा, जिल्ला प्रहरी प्रमुख डिएसपी बासुदेखि पाठकको मोबाईल फोन सेटमा मंगलबार बिहान १० बजे अपरिचित मोबाईल नम्बरबाट फोन आयो।

डिएसपीले फोन उठाएपछि उताबाट आवाज आयो, डिएसपी साप नमस्कार । डिएसपीले नमस्कार भन्दै सोधे, को बोल्नु भएको होला ?

उताबाट जबाफ आयो, मेरो नाम तस्विर तामाङ हो ।

सोमबार दिउँसो ठूलोपातल गाउँमा एउटी महिलाको हत्या गर्ने हुँ म । म उनको श्रीमान हुँ ।

तपाईका पुलिस मेरो पछि लागेका छन् रे ।

पछि नलाग्नु भन्नुस । मेरो साथमा दुई मिटर नाईलनको डोरी पनि छ ।

तपाईका पुलिसले भेटिहाले भने पासो लगाएर मर्न भनेर डोरी बोकेको हुँ ।

आफ्ना पुलिसलाई फर्काउनुस् सर, म भारत जान चाहन्छु । नभए रुखमा झुन्डिएर आत्महत्या गर्छु ।

फोनमा कुरा गर्दा गर्दै डिएसपी पाठकले आफ्ना बडिगार्डमार्फत प्रहरी अधिकृतहरुलाई उक्त नम्बरको लोकेसन पत्ता लगाउन सँकेत गर्दै ती व्यक्तिलाई सम्झाउने र अझ खुलेर कुरा गराउने कोसिस गर्छन् । नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

25815