Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली साहित्य विकास परिषद युकेको निर्वाचन नोभेम्बर २३ मा

धर्मराज अधिकारी / एचकेनेपाल डट कम –
लण्डन । वेलायतस्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास युकेको अधिबेशन आगामी नोभेम्बर २३ मा हुने भएको छ।

नयां नेतृत्व चयनका लागि हुन लागेको यस अधिबेशनमा बेलायतका विभिन्न स्थानमा बसोवास गरिरहनुभएका साहित्यप्रेमीहरुलाई सहभागी हुन संस्थाले आग्रह गरेको छ।

लण्डनस्थित एबिआई कलेजमा हुने अधिबेशनका लागि स्थानीय समाजसेवी कृष्ण भट्टको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको छ। निर्वाचन समितिको सल्लाहकारमा सुरेशजंग शाह छन् भने निर्वाचन पर्यवेक्षण नेपाल पत्रकार महासंघ बेलायत शाखाका उपाध्यक्ष धर्मराज अधिकारीले गर्नेछन्।

यसैबीच निर्वाचन समितिले निर्वाचनका लागि आवश्यक तयारीहरु गरिरहेको संयोजक भट्टले जनाएका छन्। समितिले साधारण सदस्यलाई आगामी नोभेम्बर १४ भित्रमा निर्वाचन समितिलाई सदस्यता फर्म बुझाउन आग्रह गरेको छ।





Comments

comments

2584