नेकपा बैठकः ओलीमाथि नेताहरुको आरोप नै आरोप

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र सरकार र पार्टी सञ्चालनको विषयलाई लिएर नेतृत्वको आलोचना भएको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पार्टी स्थायी समितिका सदस्यहरुले आलोचना गरेका हुन्।

सरकारको नेतृत्व गरेको नौ महिना पुग्दा समेत नागरिकहरुले महशुस गर्ने गरी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीको नेताहरुले चर्को आलोचना गरेका छन्।

पार्टी एकता भएको सात महिना वितिसक्दा समेत प्रदेश कमिटी बाहेक अन्य सांगठानिक एकता प्रक्रिया टुंगो लगाउन नसक्नुको मुख्य जिम्मेवार अध्यक्षद्धय ओली र प्रचण्ड नै भएको आरोप नेताहरुले लगाएका हुन्।

बैठकमा नेता बामदेव गौतम आफैंले पूरक प्रस्तावको रुपमा बैठकमा पेस गरेको प्रतिवेदनको व्याख्यामा गर्दै प्रतिवेदनमा नेतृत्वको कडा आलोचनासहित पार्टीलाई गति दिन बुँदागत सुझाव दिनुभएको छ।

जारी स्थायी समितिको बैठकमा स्थायी समितिका नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । सोमबारको बैठकमा १० स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका छन् । नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

Leave a Reply

26077