निर्मला हत्या प्रकरण: तीन दर्जन प्रहरी कारबाहीमा पर्ने

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ।

एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीका लागि ‘राय’ दिएको हो।

प्रहरीले अभियुक्तलाई जोगाउन प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गरेको अवस्था नरहेको समितिले निष्कर्ष निकालेको खबर नयाँ पत्रिकामा दैनिकले छापेको छ।

सो घटनामा प्रहरीले वास्तविक अभियुक्त जोगाउने प्रयास गरेको आरोप लाग्दै आएको छ । तर, नियोजित नभए पनि अनुसन्धानको क्रममा लापरबाही गरेको निष्कर्ष छानबिन समितिको छ ।

केही प्रहरीलाई सेवाबाटै हटाउने विभागीय सजाय गर्न समितिले राय दिएको छ । खासगरी घटनास्थलमा खटिने मुचुल्का बनाउने टिम र अनुसन्धान अधिकृतलाई अधिकतम सजाय हुने एक अधिकारीले बताए । ‘हामीले कार्यादेशअनुसार अनुसन्धानमा प्रहरीको गल्तीको पाटो केलाएर प्रतिवेदन बुझाएका छौँ,’ समितिका संयोजक एआइजी बस्नेतले भने, ‘प्रतिवेदन सात सय पृष्ठभन्दा लामो छ।’





Comments

comments

Leave a Reply

26079