अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ।
भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो।
गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए।
अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको खबर नयाँ पत्रिकामा छ।