जापानले अप्रिलदेखि नेपाली कामदार लैजादै

काठमाडौं, २०१९ को अप्रिलदेखि जापानले नेपाली कामदारसमेत लैजाने भएको छ।

जापनले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुने गरी कानुन परिमार्जन गरेसँगै नेपाली कामदारसमेत जापान जान पाउने भएका हुन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले त्यस विषयमा आधिकारिक जानकारी भने नआईसेको बताए।

अनौपचारिक रुपमा नेपाली कामदारसमेत लैजाने भन्ने कुरा सुन्नमा आएको छ, उनले भने, नेपाललाई समेत समावेश गर्न हामीले कुटनीतिक माध्यमबाट संवाद अगाडि बढाएका छौँ। नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

26086