फेसबुकबाट प्रेम नगर्नुस्

मुम्बई। फेसबुकबाट प्रेम नगर्नुस्, अन्यथा मैलेजस्तो दुःख पाउनुपर्ला, पाकिस्तानी जेलमा ६ बर्ष जीवन बिताई यसै साता स्वदेश फर्किएका एक भारतीय नागरिकले शुक्रबार भने।

सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक किशोरीसँग प्रेममा परेपछि हमिद नेहाल अन्सारी पाकिस्तान पुगे।

सन् २०१२ मा अन्सारी ती किशोरीले दिएको ठेगाना पछ्याउँदै पाकिस्तानमा पुगे।

उनी किशोरीको घरमा पुग्दा नजिकै तैनाथ पाकिस्तानी प्रहरीले उनलाई पक्राउ गरे।

पाकिस्तानी अधिकारीले उनले देशविरुद्ध जासुसी गरेको नक्कली कागजात बनाएको अभियोगमा ६ बर्षको जेल सजाय दिएको थियो।

उनका आफन्तहरुले उनी मायामा अन्धो भएर पाकिस्तान प्रवेश गरेको बताए, कान्तिपुर दैनिकमा खबर छ ।





Comments

comments

Leave a Reply

26138