भेनेजुएलाकै पक्षमा नेकपाः अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिलाई सदर गर्ने निर्णय

काठमाडौँ, नेकपा सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाकै राजनीतिक संकटका सम्बन्धमा संयुक्त राज्य अमेरिकाको आलोचना गर्दै जारी गरेको विज्ञप्तिलाई सदर गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने भन्दै अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिलाई सदर गर्ने निर्णय गरेको समाचार आजको नागरिक दैनिकले छापेको छ।

भेनेजुएलाको राजनीतिक घटनाक्रमप्रति पार्टीको ध्यानार्कषण भएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘हालैका दिनमा भेजेजुएलामा विकसित राजनीतिक घटनाक्रमप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । विदेश नीति र आन्तराष्ट्रिय सम्बन्धमा हाम्रो पार्टीमा कुनै अन्योल र द्विविधा छैन,’ उनले भने।





Comments

comments

Leave a Reply

26788