साढे ३३ किलो सुन धनी दुबईमा समातिए

काठमाडौं, विदेशमा बसेर सुन तस्करीमा लागनाी गर्ने हरिशरण खड्का दुबईमा पक्राउ परेका छन्।

काभ्रेका खड्काविरुद्ध नेपाल प्रहरीको इन्टरपोल शाखाले ‘डिफ्युजन नोटिस’ जारी गरेपछि उनी समातिएका हुन्।

२०७३ पुसमा सीआइबीले अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद गरेको साढे ३३ किलो सुन बरामद घटनामा समेत खड्कालाई प्रतिवादी बनाइएको थियो । अदालतमा विचाराधीन सनम शाक्य हत्या र गायब पारिएको साढे ३३ किलो सुन प्रकरणमा समेत सुनमा लगानीकर्तामध्ये खड्कालाई प्रतिवादी बनाइएको छ।

उनी विदेशमा लुकेर बसेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङको आग्रहमा इन्टरपोल शाखा काठमाडौंले फ्रान्सस्थित इन्टरपोलको मुख्य कार्यालयमा पत्राचार गरेको थियो । अन्नपूर्ण पोष्टमा सुवास गोतामेले खबर लेखेका छन्।





Comments

comments

Leave a Reply

26792