काठमाडौं । महासचिव नेतत्रविक्रम चन्द रहेको नेकपा पार्टी भित्र अन्तर संघर्ष सुरु भएको छ । लगभग अर्धभूमिगत जस्तै रहेको विप्लव ननेतृत्वको पार्टी भित्र प्रवक्ता खड्कबहादुर विस्वकर्मा र महासचिव चन्दबीचमै पार्टीमा को लोकप्रिय भन्ने बिषयमा अन्तरसंघर्ष चर्किएको हो।
यतिबेला विप्लव र ‘प्रकाण्ड’बीच सांगठनिक पकट कसले जमाउने भन्ने विषयमा विवाद चुलिरहेको छ। विचारभन्दा जनवर्गीय संगठनमा पकड जमाउने भन्ने विषयमा दुई नेताबीच अन्तर संघर्ष आरम्भ हुनु पार्टीका लागि हानिकारक हो।
यसको क्षति पार्टी आफैले बेहुर्नु पर्छ । चन्दा आरोपमा पक्राउपछि छुटेका प्रकाण्डले गत मंसिर ८ गते आयोजित आमसभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए । संगठन सुदृढिकरण र जनतासँग आफ्ना कुरा राख्न भन्दै प्रकाण्डले कालिकोटमा सम्बोधन गरी सकेका छन् । खुला कार्यक्रममा प्रमुख अथितिका रुपमा प्रकाण्ड देखिदै आएका छन्।
पछिल्लो समय प्रकाण्डले जनवर्गीय संगठनमा आफ्नो प्रभाव जमाउँदै गएको पार्टीका एक केन्द्रीय सदस्यले खुलाएका छन् । संगठनमा प्रकाण्डले आफू अनुकुलका व्यक्तिलाई राख्न थालेपछि संगठनमा समानन्तर कमिटी घोषणा भएको खबर नयाँ पत्रिका दैनिकमा छ।