एचकेनेपाल डट कम –
काठमाडौं, ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा मन्त्री अधिकारीसहित आङछिरिङ शेर्पा: अध्यक्ष यति एयरलाइन्स, वीरेन्द्रप्रसाद शेरचन : उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण, अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो, युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार, धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण, हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी रहेका छन्।
ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित तारे ढुङ्गा पारीको भीरमा हेलिकोप्टर दुर्घटना भएको हो।
पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै हेलिकोप्टर दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको जनाएको छ।।
मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेको जनाइएको छ।
मन्त्री अधिकारीसहितका शवलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ।