७८ लाख घुस लिएका अख्तियार पूर्वआयुक्त पाठकलाई विदेश जान प्रतिबन्ध

काठमाडौँ – घुस पकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विदेश जान प्रतिबन्ध लगाइएको छ।

चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादलाई मिलाइदिने भन्दै घुस लिएको भिडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए।

पाठकले विवाद मिलाउने भन्दै पटकपटक गरी ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियारले उनीविरुद्ध छानबिन सुरु गरेको थियो । पाठक अहिले छानबिनकै क्रममा रहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगाल बताउँछन्।

घुस प्रकरणमा फसेका पाठक सम्भावित कारबाहीबाट बच्न विदेश जानसक्ने भन्दै विदेश जान प्रतिबन्ध लगाइएको समाचार नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

27213