मेनपावर व्यवसायी रोहन गुरुङको गाडीमा विस्फोट


बसुन्धरास्थित मेनपावर व्यवसायी रोहन गुरुङको घरमा शंकास्पद वस्तु विस्फोट भएको छ । विस्फोटपछि घरको तल्लो तलमा राखिएको गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ।

घरको भुई तलामा राखिएका सामाग्री जलेका छन् । दन्किएको आगो घरको माथिल्लो तलसम्म पुगेको खबर नयाँपत्रिकाले छापेको छ।

आगाे नियन्त्रणका लागि प्रहरी, सशस्त्र प्रहरी र सेनाको संयुक्त टोली घटनास्थल पुगेका छन् । विस्फोटका सम्बन्धमा अहिलेसम्म केही खुल्न सकेको छैन । घटनाको अनुसन्धा गर्न सेनाको विशेष टोली घटनास्थलमा खटिएका छन्।

महानगरीय प्रहरी वृत महाराजगंजका प्रहरी निरीक्षक प्रकाश थापाले आगलागी भएको ठाउँबाट ठुलो आवाज आएकाे भए पनि बम वा अन्य केही विस्फोट भएको भन्ने विषय खुल्न नसकेको बताए । उनले भने, ‘आगो लागेको सुचना पाउन साथ घटना स्थलमा प्रहरी पुग्यो । बुझ्दा ठुलो आवाज आएको खुल्यो । स्थानीयसँग बुझ्दा बम बिस्फोट भएको भन्छन् । तर, घटनालाई पुष्टि गर्ने कुनै प्रमाण भेटिएको छैन । ग्याँस बिस्फोट भएको जस्तो पनि देखिँदैन । यद्यपी अनुसन्धानका लागि सेनाको टोली घटनास्थल पुगेका छन् । उनीहरुकै विज्ञ टोलीबाट अनुसन्धान भइरहेको छ । त्यसपछि के भएको हो थाहा हुन्छ।’





Comments

comments

Leave a Reply

27223