‘विप्लव’ प्रति कठोर बन्न गृहमन्त्रीको निर्देशन

सुर्खेत – गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपा माओवादीलाई नियन्त्रण गर्नका लागि कठोररूपमा प्रस्तुत हुन सुरक्षा अंगहरूलाई निर्देशन दिएका छन्।

उनले पछिल्लो केही समययता विप्लव माओवादीले देशव्यापीरूपमा ध्वंसात्मक गतिविधिहरू विस्तार गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न कठोररूपमा प्रस्तुत हुन सुरक्षा अंगहरूलाई निर्देशन दिहलेकै संविधान र कानुनको परिधिभित्र रहेर विप्लवका गतिविधि नियन्त्रण गर्नेतर्फ लाग्नुहोस्,’ कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘उनीहरूलाई कुनै पनि हालतमा फैलिन दिइनुहुन्न ।’

उनले विगतमा कतिपय पक्षबाट विप्लव माओवादीलाई संरक्षण र उत्मुक्ति दिइएकाले उनीहरूको हौसला बढेको बताए । उनले नेपालमा सशस्त्र युद्ध गर्नका लागि कुनै वस्तुगत आधार नभएकाले शान्तिपूर्ण प्रक्रियामा आउन पनि विद्रोही पक्षलाई आग्रह गरे । ‘हिजो राज्य व्यवस्थामा थुप्रै कमीकमजोरी थिए, त्यसका विरुद्ध जनताले आवाज उठाएका थिए,’ गृहमन्त्री थापाले भने, ‘अहिले त्यो अवस्था छैन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको छ, देश विकास र समृद्धिको दिशामा अघि बढिरहेको छ, यस्तो अवस्थामा सशस्त्र युद्ध गर्ने तत्वको विस्तार र विकास हुने कुनै सम्भावना छैन।’ नगेन्द्र उपाध्यायले नागरिकमा समाचार लेखेका छन्।





Comments

comments

Leave a Reply

27255