चिन्तनले सञ्चो छैन भन्दै अदालतमा बयान दिन इन्कार

काठमाडौं– तीन करोड ३५ लाख ठगी मुद्दामा डा. गोपाल शिवाकोटी चिन्तनले अदालतमा बयान दिन इन्कार गरेका छन्। चिन्तनसहित अर्का अभियुक्त बद्री थापालाई प्रहरीले सोमबार अदालतमा हाजिर गराएको थियो।

काठमाडौं जिल्ला अदालतको इजालस नम्बर ८ मा भने थापाले सोमबारै बयान दिएका छन्। चिन्तनलाई बयानका लागि न्यायाधीश सूर्यनाथ अधिकारीले आग्रह गरेका थिए।

उनको आग्रहमा चिन्तनले भने, ‘मलाई सञ्चो छैन, बयान दिन सक्दिनँ। चिन्तनले बयान दिन इन्कार गरेपछि न्यायाधीश अधिकारीले फेरि भने, ‘बसेर आरामले बयान दिनुहोस्। आज बयान सकियो भने भोलि थुनछेक बहस सकेर मुद्दाको टुंगोमा पुग्न सकिन्छ। न्यायाधीशको दोस्रो आग्रहलाई पनि चिन्तनले मानेनन्। उनले भने, ‘म सक्दिनँ।’

न्यायाधीशको आग्रहलाई अस्वीकार गरेपछि मुद्दा बहसका लागि उपस्थित भएका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायत कानुन व्यवसायीले न्यायाधीशसँग प्रतिप्रश्न गरे। उनीहरुले भने, ‘उहाँ (चिन्तन)ले धेरै नाटक गर्न जान्नुभएको छ। उहाँले अहिले तपाईंलाई डिप्रेसनको औषधि खाएको प्रमाण पेस गर्न बेर छैन।’





Comments

comments

Leave a Reply

27280