मिर्गौला पीडितलाई हङकङबाट सहयोग

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा, २८ फागुन । मिर्गौला पीडित रुपन्देही जिल्ला,  बुटवल उपमहानगर पालिका वडा नं.९,  तिनाउ पथ निवासी १६ वर्षीया आशीकती घले  गुरुङलाई  उपचारका लागि चार भञ्ज्याङ तमु समाज हङकङले थप २ लाख ६५ हजार रुपैया सहयोग पठाएको छ।

पीडितको उपचारका लागि दुर्गा गुरुङ र रामसिंह गुरुङको संयुक्त नाममा कामना विकास बैंकमा खोलिएको संयुक्त खातामा उक्त उपचार सहयोग रकम पठाएको चारभञ्ज्याङ तमु समाज हङकङका अध्यक्ष गंगाबहादुर गुरुङले जानकारी दिनुभयो।

पर्वत जिल्ला चार भञ्ज्याङ अन्तर्गत फले वास नगर पालिका वडा नं. ८ ठाना काफलबोट गाउ भई  बुटवल निवासी आशीकती घले  गुरुङलाई  उपचारका लागि यस अघि माघ २७ गते चारभञ्ज्याङ हङकङको तर्फबाट अध्यक्ष गंगाबहादुर गुरुङले पीडितका बाबा देवप्रसाद गुरुङ र  आमा बिन्दु गुरुङलाई  ७ लाख ५७ हजार  ५ सय रुपैया सहयोग हस्तान्तण गर्नुभएको थियो। दुई चरण गरी आशीकतीको उपचारका लागि चारभञ्ज्याङ तमु समाज हङकङले १० लाख २२ हजार ५ सय रुपैया सहयोग गरेको छ।

बुटवल १०,  रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत कक्षा १० मा अध्ययनरत मिगौर्ला पीडित आशिकती घले  गुरुङ पुस २७ गतेबाट हप्तामा दुइ पटक गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा डाइलासिस गराउंदै  आएकी थिइन भने उपचारकै लागि काडमाडौं लगिने भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। पारिवारको आर्थिक अवस्था कमजोर रहेकाले चारभञ्ज्याङ तमु समाज हङकङले अभियान सञ्चालन गरी सहयोग गरेको हो।

यसैगरी गत महिना चारभञ्ज्याङ तमु समाज हङकङले अर्का मिर्गौला पीडित पर्वत जिल्ला महाशिला गाउपालिका दाद्रा गाउ भई  बुटवल निवासी १८ वर्षीय मञ्जिल गुरुङको उपचारका लागि ५ लाख ४ हजार  ९६० रुपैया सहयोग हस्तान्तरण गरिसकेको छ।

किशोरावस्थामा मिर्गौला समस्यामा रहेका आशिकती र  मञ्जिलका लागि हङकङको  यथाशीघ्र अभियान सञ्चालन गरी सहयोग हस्तान्तरण गरी अग्रणी बनेको छ भने चारभञ्ज्याङ तमु समाज युके, पोखरा र काठमाडौंले उपचार सहयोग संकलन अभियान जारी राखेको चारभञ्ज्याङ अनतर्राष्ट्रिय समन्वय समिति(आइ सि सि)का अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङले जानकारी दिनुभयो।





Comments

comments

Leave a Reply

27291