Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
मार हान्नेकै घरमा वलिको विरोध – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मार हान्नेकै घरमा वलिको विरोध

काठमाडौं, १८ मंसिर। सयौं राँगालाई मार हान्न नियुक्ति पाउने मारकका परिवार गढीमाई बलिबाट असन्तुष्ट देखिएका छन्। उनीहरूले मारकलाई मार नहान्न घरबाटै दबाब दिने गरेका छन्।

‘घरका मान्छे खुसी छैनन्, मार हान्न छोडिदेऊ भन्छन्’, बारा सुखिपथरा–७ का सुरेन्द्र पासवानले भने, ‘तर मन मान्दैन, आत्मसन्तुष्टिका लागि निरन्तरता दिँदै आएको छु। ’पासवानले पछिल्ला ६ वटा गढीमाई मेलामा मार हान्दै आएका छन्। यसपालि सातौंपटक मार हानेका पासवानले अब भने बलि नदिने सोच बनाएका छन्। ‘यो नै अन्तिमपटक हो, अब छाड्छु’, उनले भने। बाबु वैद्यनाथ चौधरीकै कारण गढीमाई मेलामा मार हान्न थालेका बारा जितपुरका श्यामलाई पनि घरका सदस्यले रोक लगाउने गरेका छन्। परिवारले रोक लगाए पनि घरमा खबरै नगरी गढीमाईमा मार हान्ने गरेको श्याम बताउँछन्।

‘घरका मान्छेले किन पाप गरेको भन्दै कराउँछन्’, श्यामले भने, ‘घरमा नभनी मार हान्ने गरेको छु, मेरो मन पनि सन्तुष्ट छैन।’ अहिलेसम्म चारपटक गढीमाईमा मार हानिसकेका उनी पनि यसपटककै बलिलाई अन्तिम बनाउने निर्णयमा पुगेको समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छापिएको छ।

पछिल्ला तीन मेलामा मारक बनेका रौतहट फतुवा हर्सा–७ का सुरेशकुमार यादवको परिवारलाई पनि पशुमाथि खुकुरी र तरबार चलाएको मन पर्दैन। देवीको आशीर्वादका लागि आफूले बलि दिँदै आएको यादवको भनाइ छ। ‘मार हानेर देवीको आशीर्वाद पाउँछु, सोचेको पनि पूरा हुन्छ’, यादवले भने, ‘घरको मान्छेलाई यो सब मन पर्दैन, नजा भनेर भन्छन् तर पनि आउँछु।’

छिमेकी जिल्ला पर्साको चोर्नीबाट मार हान्‍न अन्य चारजनासहित गढीमाई आइपुगेका गोपी मण्डलको परिवारलाई पनि मार हानेको मन पर्दैन। आफूलाई परिवारले रोक्ने प्रयास गरेको गोपी बताउँछन्।





Comments

comments

2815