Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दान गरेको रगतको दुरुपयोग

काठमाडौं, १८ मंसिर। रगत अभाव हुन नदिन दिनहुँ रक्तदान कार्यक्रम हुने गरेका छन्। अस्पताल तथा ब्लडबैंक रगत छैन भन्दै पन्छिएपछि बिरामीका आफन्त रक्तदाता खोज्न बाध्य हुन्छन्। तर, रगतको उचित व्यवस्थापन हुन नसक्दा रक्तदाताबाट प्राप्त झन्डै दुईतिहाइ रगत खेर जाने गरेको छ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र ब्लडबैंकले त्यसरी रगत दुरुपयोग हुनुमा केही आफ्नो र केही अस्पतालहरुको कमजोरी रहेको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ। अस्पतालहरुले रगतको संस्थागत जिम्मा नलिई बिरामी पक्षलाई छुट्टाछुट्टै तवरले रगत लिन पठाउँदा प्राप्त रगतको सदुपयोग हुन नसकेको ब्लडबैंकको भनाइ छ।

ब्लड बैंकका बरिष्ठ प्रशासकीय अधिकृत जीवनतारा भट्टले उपत्यकाका अस्पतालमा माग हुने चार सय पिन्ट रगत दैनिक उपलब्ध गराए पनि डेढसय पिन्ट मात्रै प्रयोगमा आउने गरेको बताए। उनले भने,‘दैनिक झन्डै चार सय युनिट रगत अस्पतालमा पठाइन्छ।

त्यसरी लगिएकामध्ये अस्प्तालमा एक ५० युनिटजति मात्रै प्रयोग हुन्छ, सय जति हराउँछ। बाँकी एक सय ५० प्रयोग नभई ब्लडबैंकमै र्फकन्छ। त्यसरी फर्काइएकामध्ये झन्डै ७५ प्रतिशत काम लाग्दैन, हेमोलाइसिस भएर फाल्नुपर्छ।’





Comments

comments

3133