११७ वर्षीय लामिछानेलाई मासिक १० हजार दिने निर्णय

नुवाकोट, ककनी गाउँपालिका ८ की ११७ वर्षीया बाटुली लामिछानेलाई मासिक १० हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको छ।

स्वास्थ्योपचार तथा पोषण खाद्यपदार्थमा खर्च गर्ने गरी उनलाई सो रकम दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताए । गत माघदेखि अध्यक्ष लामाले लामिछानेको नाममा मासिक पाँच सय रुपैयाँ सहकारीमा जम्मा गरिँदै आइरहेका थिए।

त्यसैलाई निरन्तरता दिँदै गाउँपालिकाले लामिछानेलाई आफ्नै जन्मदाता सम्झेर आर्थिक सहयोग गरेको अध्यक्ष लामाले बताए । ‘गाउँमा यस्ता ज्येष्ठ नागरिक बिरलै भेटिन्छन् । उनीहरुको सम्मानमा यस्ता कार्यक्रम ल्याउनु हाम्रो कर्तव्य हो,’ अध्यक्ष लामाले भने, ‘हामीलाई हुर्काउन हाम्रा आमाबाहरुले कति कष्ट सहनुपर्यो । त्यसैले मूल्य तिर्न गाउँपालिकाले थोरै भए पनि आर्थिक सहयोग गर्न लागेको हो ।’ भगवती लामाले नागरिकमा समाचार लेखेकी छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

28731