देशमा भन्दा विदेशमा बढी व्यस्त पूर्वप्रधानमन्त्री, ११ महिनामा १० विदेश भ्रमण

काठमाडौँ, चीन भ्रमणबाट फर्केको २४ घण्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिका प्रस्थान गरे।

यो उनको दोस्रो अमेरिका भ्रमण हो । पटक–पटक विदेश भ्रमणमा निस्केको भन्दै पार्टीभित्र नेपालबारे टीकाटीप्पणी हुन थालेको समाचार नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन्।

उनी नेकपाभित्र सबैभन्दा धेरै विदेश भ्रमण गर्ने शीर्ष नेतामा पर्छन् । उनी सबैभन्दा बढी चीन तीनपटक गएका छन । अमेरिका दुईपटक पुगे। नेपालले बेलायत, ब्राजिल एक–एकपटक भ्रमण गरेका छन्।





Comments

comments

28737