अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीबाटै सुरक्षा जोखिम

नेपाल एयरलाइन्सका लोडर रञ्जितकुमार यादव ३० तोला तस्करीको सुनसहित २२ वैशाखमा पक्राउ परे।

विदेशबाट आउनेले ल्याएको सुन लिएर उनले पास गराइदिएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

विमानस्थलबाट बाहिरिँदा उनीमाथि चेकजाँच गर्नुपर्ने सुरक्षा कार्यविधि छ । तर, जाँच नहुने बाटो थाहा पाएका उनले लामो समयदेखि त्यसरी नै सुन पास गर्दै आएका थिए।

विमानस्थलभित्रै कार्यरत विभिन्न निकायका कर्मचारी तथा पसल सञ्चालकहरुबाट सुरक्षा जोखिम बढ्दै गएको प्रहरी अधिकारीहरु बताउँछन्।





Comments

comments

29207