बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा

बेलायती प्रधानमन्त्री थेरेसा मेले सत्तारूढ कन्जरभेटिभ पार्टीको संसदीय दलकी नेतृबाट राजीनामा दिएकी छिन्।

प्रधानमन्त्री मेले ७ जुनमा कन्जरभेटिभ पार्टीको संसदीय दलकी नेतृ पदबाट राजीनामा दिएकी हुन्। मेको ठाउँमा जुलाईको अन्त्यसम्म बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा ११ जना छन्।

युरोपेली युनियनबाट बेलायत बाहिरिने विषयमा प्रधानमन्त्री मेले संसद्मा ल्याएका विभिन्न प्रस्ताव अस्वीकृत भएपछि उनले पार्टीको संसदीय दलकी नेतृबाट राजीनामा दिएकी हुन्।

ब्रेक्जिटबारे अन्योल कायमै रहँदा मेले करिब दुई हप्ताअगाडि प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा गरेकी थिइन् । ब्रेक्जिटबारे आफ्नै दलका सांसदलाई पनि विश्वासमा लिन असफल भएपछि प्रधानमन्त्री मेले दलकी नेतृबाट राजीनामा दिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । ब्रेक्जिट सम्झौता सफल नहुँदा आफू धेरै दुःखित भएको उनले बताएकी छिन्।

प्रधानमन्त्रीले पार्टी नेतृत्वबाट राजीनामा दिनुलाई बेलायती सत्ताधारी दलमा नेतृत्वका लागि प्रतिस्पर्धाको सरुवातका रूपमा हेरिएको छ।

अर्को नेतृत्व नआउँदासम्म प्रधानमन्त्री मेले कामचलाउ प्रधानमन्त्रीका रूपमा सरकारको कार्यभार सम्हानेछिन् । नेतृत्वका लागि हुने प्रतिस्पर्धा आगामी केही हप्ता चल्ने अनुमान गरिएको छ। यो खबर नयाँपत्रिकामा छापिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29813