Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
चिनियाँ जहाजको अन्तिम किस्ता रोकिने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

चिनियाँ जहाजको अन्तिम किस्ता रोकिने

फाईल फोटो

सरकारले अनुदान तथा सहुलियत ऋणमा ल्याइएका ६ वटा चिनियाँ जहाज (दुईवटा एमए ६० र चारवटा वाइ १२ ई)को अन्तिम १० प्रतिशत किस्तावापतको ३४ करोड रुपैयाँ नेपाल वायुसेवा निगमले चीन सरकारलाई नतिर्ने भएको छ।

सरकारले ७ वर्षअघि चीनको एक्जिम बैंकबाट ३ करोड ५१ लाख अमेरिकी डलर सहुलियत ऋण लिई यी विमान निगमका लागि खरिद गरेको थियो। कूल ऋणमध्ये बुझाउन बाँकी ३४ करोड रुपैयाँ नबुझाउने निर्णय निगमले गरेको छ।

दुई मुलुकबीच सहुलियत ऋण लिनेदिने सम्झौता भएपनि जहाज गरिद सम्झौता भने निगम र चीन सरकारको स्वामित्वमा रहेको एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेसनबीच भएको थियो। यो समाचार कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्।





Comments

comments

30807