रोजगारी खोज्दै नेपाल आउने विदेशी बढे

फाइल फोटो

वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घटिरहेका बेला काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै गएको पाइएको छ।

नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको संख्या बढेको हो।

आर्थिक वर्ष २०७४/७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६४३ रहेकोमा गत आर्थिक वर्षमा वर्षमा दुई हजार हराहारीमा पुगेको छ । यसभन्दा पनि अघिल्लो वर्षमा १ हजार ३५ को नयाँ आवेदनलाई श्रम स्वीकृति दिइएको थियो। यो समाचार कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।





Comments

comments

31441