स्थानीय तहमा कार्यरत कर्मचारीले कामै नगरी तलबभत्ता लिइरहेका छन्।
सदरमुकामबाहिर टाढा र दुर्गममा स्थानीय तहका कर्मचारीले कार्यालयमा हाजिर नै नभइ तलब बुझिरहेको भेटिएको हो।
स्थानीय तहका कर्मचारीले सदरमुकाम सिमकोटमै बसेर तलब बुझिरहेको पाइएको छ।
यहाँका स्थानीय तहका अधिकाश कर्मचारी त्यँहा छैनन् । विभिन्न बहानामा उनीहरु जिल्ला बाहिर बस्ने गरेका छन् । तर उनीहरु कार्यालयमा उपस्थित नै नभई तलब भत्ता भने नियमित बुझिरहेका छन्।
राज्यले तोकेको तहमा खटाइएका कर्मचारीले हिजोआज सदरमुकाममै बसेर हाजिरी गर्दै आएका हुन् । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा अर्जुन बोहराले लेखेका छन्।