प्रधानमन्त्रीको उपचार एक महिनासम्म लम्बिने

फाइल फोटो

सिंगापुरमा स्वाथ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ।

प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबढी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो। उनलाई दिन बिराएर सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ।

प्रधानमन्त्री ओलीलाई पहिलो पटक शुक्रबार प्लाज्मा फेरेसिस गरिएको थियो। यही अवस्था रहने भने उनको सिंगापुर बसाई एक महिनासम्म लम्बिन सक्ने उनीनिकट चिकित्सकको भनाइ छ।

चिकित्सकका अनुसार प्रत्यारोपण गरेको मिर्गौलाको विरुद्धमा बनेको एन्टिबढी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस विधि प्रयोग गरिन्छ। यो समाचार नागरिक दैनिकमा छ।





Comments

comments

31557