Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
चीनले पाँच वर्षसम्म निःशुल्क स्याटलाइट इमेज उपलब्ध गराउने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

चीनले पाँच वर्षसम्म निःशुल्क स्याटलाइट इमेज उपलब्ध गराउने

फाइल फोटो

नापी विभागले विकास निर्माणका आयोजना निर्माण गर्नुपूर्व अति आवश्यक पर्ने स्याटलाइट इमेज लिन थालेको छ।

नापीले समग्र नेपालको स्याटलाइट इमेज लिन थालेको हो।

विकासनिर्माण र पूर्वाधार विकासका लागि अद्यावधिक स्याटलाइट इमेज आवश्यक पर्छ । चीन सरकारको सहयोगमा यस्तो इमेज लिने व्यवस्था मिलाइएको हो । गत वर्षदेखि चीन सरकारको सहयोगमा इमेज उपलब्ध गराउन थालिएको हो । चीनले पाँच वर्षसम्म निःशुल्क रूपमा यस्तो इमेज उपलब्ध गराउने भएको छ।

गत वर्ष नेपाल सरकार र चीन सरकारबीच निःशुल्क रूपमा इमेज उपलब्ध गराउने सम्झौता भएको थियो । नेपाललाई आवश्यक पर्ने इमेज सम्बन्धित निकायहरूले आफैँ किन्ने गरेका थिए । विभिन्न विकास निर्माणका काममा आवश्यकताअनुसार विश्वका स्याटलाइट सप्लायर्सबाट यस्तो इमेज किन्ने गरिएको थियो । यस्तो इमेज निकै महँगो हुने गर्छ । यो समाचार गोरखापत्र दैनिकमा सविता शर्माले लेखेकी छिन्।





Comments

comments

31560