Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा तेश्रो एल्बम विमोचनको तयारीमा नीलम

एचकेनेपाल डट कम संवाददाता –
पहिलो एल्बम “जुनी जुनी” को सफलतासंगै एक्कासी चर्चित र सफल गीतकार बन्न सफल सौभाग्यशाली गीतकार नीलम आङ्बुहाङ् राईले आफ्नो तेश्रो गीति एल्बम बेलायतमा बिमोचन गर्नुहुने भएको छ।

एकल शब्द रचना र एकल संगीतको “जुनी जुनी” सेरिजलाई ग्याप गर्दै पहिलो पटक एकल शब्द रचनामा बिबिध संगीतकार अनि गायक गायिकाहरुको आवाज समेटिएको गीति एल्बम “नीलम” यहीं आउँदो डिसेम्बर १४ तारिख आईतबार केन्टस्थित फोल्कस्टोनको चेरिटोन टाउनमा रहेको फेमिली वेलफेयर सेन्टरमा भब्य कार्यक्रमका बिच बिमोचन गरिने कार्यक्रम रहेको छ।

नीलम क्रिएसनको बजार ब्यबस्थापनमा बजारमा ल्याउन लागिएको गीति एल्बम नीलम भित्र संगीत, सुरेश अधिकारि, शान्तिराम राई, बीबी अनुरागी, खगेन्द्र पन्धाक लिम्बु र रमेश खड्काको रहेको छ भने रीमा गुरुङ, हेमन्त शर्मा, स्वरुपराज आचार्य, मिलन अमात्य, शाहिद मालिया,लक्ष्मण लिम्बु र बीबी अनुरागीको अवाज सुन्न सकिने छ।एल्बम बिमोचन संगै एल्बम भित्रका दुई गीतहरुको म्युजिक भिडियो पनि सोही कार्यक्रममा पहिलो पटक प्रिमियर गर्ने कार्यक्रम रहेको छ।

हँसिया फिल्मका निर्देशक मिलन चाम्सद्वारा निर्देशित भीडियोहरु “मेरी प्रियतमा” र “बिबस्ता” म्युजिक भिडियोमा राजेश हमाल, जीबन लुइंटेल, असिश्मा नकर्मी र नन्दिता केसीको अभिनय हेर्न सकिने छ। गीति एल्बम नीलम बिमोचन कार्यक्रम मिडिया पार्टनर अजम्बरी डट्कमको संयोजन रहेको छ।





Comments

comments

3207