गाडी अन्य पार्टीका नेताहरुले चढिरहेका छन्। तर सत्तारुढ नेकपाले ती सबै आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ।
नेकपाले प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत ११ नेताको गाडी सम्पत्ति विवरणमा राखेको हो।
तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि कन्द्रीकृत गर्न लागिएको सम्पत्ति विवरणमा अन्य पार्टीका नेताले प्रयोग गरिरहेका गाडीसमेत उल्लेख छ।
तत्कालीन माओवादी केन्द्रको सम्पत्ति विवरण कार्यालयका तत्कालीन मुख्य सचिव प्रह्लाद बुढाथोकीले असोज १ मा नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल ‘प्रशान्त’ लाई बुझाएका छन्। यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।