Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

महिला हिंसा विरुद्धको १६ दिने अभियान प्रभातफेरी गर्दै सम्पन्न

जय कार्की / एचकेनेपाल डट कम –
काठमाडौ, घर शान्ति नै विश्व शान्तिको आधारः महिला हिंसाविरुद्ध शून्य सहिष्णुता कायम गरौं भन्ने मूल सन्देशका साथ नोभेम्बर २५ देखि संचालन हुंदै आएको १६ दिन लामो महिला हिंसा विरुद्धको विश्वव्यापी अभियान बुधवार भव्य प्रभातफेरी सहित सम्पन्न भएको छ।

हिंसा विरुद्धको जागरण अभियानकै वीचमा पनि नेपालका कैयौ महिलामाथि हिंसा भैरहेको तथ्य सार्वजनिक गर्दै स्त्रीमाथि गरिने कुनै पनि किसिमको हिंसालाई सहन नसकिने प्रतिवद्धतासहित त्यसका लागि हरेक घरपरिवारभित्रदेखि नै हिंसा अन्त्य गर्ने संन्देश प्रवाह गर्दै महिला आयोगद्धारा प्रकाशित पर्चामा उद्घोष गरिएको छ।

“सन १९९१ मा सेन्टर फर ओमेन्स ग्लोबल लिडरसिपको सहयोगमा विभिन्न २० देशका २३ उत्साहित महिलाहरुको एक समूहले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरुवात गर्दै यस अभियानमा जुट्न सम्पुर्ण विश्वलाई आव्हान गरेका थिए। त्यसपछि हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिन यो अभियान संसारभरि मनाउने प्रचलन रहेको छ। नोभेम्बर २५ महिला हिंसा विरुद्ध अन्तर्राष्ट्रिय दिवस तथा डिसेम्बर १० अन्तर्राष्ट्रिय मानव अधिकारको एक प्रमुख मुद्दा हो। र, यो दुई दिवसहरु वीच अटुट सम्वन्ध छ भन्ने विषयको सांकेतिक प्रतीक स्वरुप यी दिवसहरु वीचको १६ दिनलाई लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको रुपमा मनाइने गरिएको पाइन्छ।

यी दुई दिवसहरु वाहेक यस अभियान वीच अन्तर्राष्ट्रिय महिला मानव अधिकार दिवस (२९ नोभेम्बर), विश्व एड्स दिवस) १ डिसेम्बर), अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस (३ डिसेम्बर) जस्ता महत्वपूर्ण दिवसहरु समेत यिनै १६ दिनभित्र पर्दछन् । महिला अधिकारको विश्व आन्दोलन तथा अभियानको क्षेत्रमा नोभेम्बर २५ र डिसेम्बर ६ का दिनलाई विशेष रुपमा संझिने गरिन्छ।

लैगिक हिंसा विरुद्धको १६ दिने अभियान २०१४ घर शान्ति नै विश्व शान्तिको आधारः
महिला हिंसा विरुद्ध शून्य सहिष्णुता कायम गरौं भन्ने नाराको साथ मनाईएको छ। देशमा जताततै हिंसाको घटना भैरहेका छन्। विश्वव्यापी रुपमा महिला हिंसाका नयाँ प्रकृतिका घटनाले सम्पूर्ण विश्व जगत नै आक्रान्त भएको छ। यसको प्रभाववाट नेपाली समाज पनि अछुत रहन सकेको छैन। देशमा दैनिक जसो महिला हिंसाका दर्जन भन्दा वढि घटनाहरु भैरहेको अवस्थाले समाजको जर्जर अवस्थालाई प्रतिविम्वित गरिरहेको छ।

हिंसा न्यूनिकरण गर्न प्रत्येक घरवाट शुरु गर्दै राष्ट्र तथा समग्र जगतमा नै अभियानका रुपमा स्थापित गर्नसके मात्रै विश्वव्यापी रुपमा उठाइएको साझा नाराले सार्थकता पाउने छ।” प्रभातफेरी कार्यक्रममा राष्टिय महिला आयोग, महिला बाल बालिका तथा समाज कल्याण मन्त्रालय र विभिन्न महिला अधिकारकर्मी संगठनहरुको ठूलो सहभागिता रहेको थियो।





Comments

comments

3226