कर्णाली विमान खरिदका लागि ३ प्रस्ताव

फाइल फोटो

नेपाल वायुसेवा निगमले वोइङ ७५७–२०० एसीबी विमान खरिदका लागि ३ प्रस्ताव गरेका छन्।

निगमका अनुसार बोइङ खरिदका लागि अमेरिकन कम्पनीमा एभियोन र एमके एभिएसन छ । यसैगरी पोल्यान्डको सीएसबीएसन एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले खरिदका लागि प्रस्ताव गरेका छन्।

निगमले सोही ३ कम्पनीसँगको समझदारीमा कर्णाली विमान बिक्री प्रक्रिया अगाडि बढाउनेछ।

निगमले वोइङ–७५७ कर्णाली विमान खरिदका लागि ४८ करोड ४५ लाख रुपैयाँमा बिक्री गर्नेका लागि प्रस्ताव आह्वान गरेको छ।

करिब १ वर्षदेखि बिक्री गर्ने वोइङ–७५७ एसीबी विमान थन्किएर बसेको थियो। यो समाचार कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन्।





Comments

comments

32886