सुदर्शन रञ्जित –
पोखरा, बलायत रहदै आएका कास्की घान्द्रुकका श्रीभक्त गुरुङको स्मृतिमा पोखराको सहारा एकेडेमीको सहयोगार्थ सहारा एकेडेमीको अक्षयकोषमा सहयोग रकम प्राप्त भएको छ।
श्रीभक्त गुरुङको अघौंको तेश्रो अर्थात अन्तिम दिन तमू प्ल्यू संघ पोखरामा श्रीभक्तकी आमा मन बुजा गुरुङले सहारा क्लवका अध्यक्ष केशव बहादुर थापालाई २ लाख ५७ हजार ५ सय रुपैया सहारा एकेडेमीको अक्षयकोषमा सहयोग रकम हस्तान्तरण गरेकी हुन्।
छोराको स्मृतिमा सहारा एकेडेमीमा सहयोग गर्नु निकै राम्रो काम भएको हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मिनकाजी गुरुङले बताए । केही दिन अघि श्रीभक्तका ठूला बा मेजर ज्ञानबहादुर गुरुङ, क्या.जग बहादुर गुरुङ र क्या. रुप बहादुर गुरुङ सहारा एकेडेमी दोभिल्लामा पुगेका थिए।
सहारा क्लब पोखराद्धारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु समेलित १३ जिल्लाका २५ जना सहारा फुटबल एकेडेमीमा आबद्ध भएको महासचिव रामजी प्रसाद अधिकारीले बताए।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)