हवाई भिजिबिलिटी ५० मिटरभन्दा कम

फाइल फोटो

दुई दिनको झरीपश्चात् बढेको भुइँ कुहिरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा प्रत्यक्ष प्रभावित बनेको छ।

हवाई भिजिबिलिटी घटेपछि शनिबार बिहानभर उडान प्रभावित बन्यो। विमास्थल कार्यालयको ब्रिफिङ शाखाका अनुसार माउन्टेन फ्लाइट र बिहानका अन्य उडानहरु ठप्प भए।

‘बिहान ५ बजेदेखि ८ बजेसम्मको भिजिबिलिटी ५० मिटरभन्दा पनि कम भएपछि सेवा ठप्प भयो, १० बजेपछि मात्रै विमानस्थल आंशिकरुपमा सुचारु भयो ।’ सो शाखाका एक अधिकारीले भने।

सबै प्रकारका जहाज उडान र अवतरणका लागि तीन हजार मिटर हाराहारीको हवाई भिजिबिलिटी आवश्यक पर्ने विज्ञहरु बताउँछन्। यो समाचार नेपाल समाचारपत्रमा छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

33531