काठमाडौं, शक्तिशाली भूकम्पले नेपालमा ताण्डब मच्चाएको ठिक ३ दिनपछि वैशाख १५ गते मंगलबार दिउँसो एउटा इजरेली बोइङ ४७४ हवाइजहाज तेलअभिभस्थित बेन गुरियन विमानस्थलमा ओर्लियो।

जहाजमा २ सय २९ यात्रुमध्ये १५ जना सरोगेट शिशु थिए। नेपालमा जन्मेका ती सबै शिशुको उमेर ६ साताभन्दा कम थियो।
२५ शिशुमध्ये केही इजरेली आमाबाबुसँग थिए भने अरुलाई जहाजका इजरेली यात्रुले स्यार्हादै ल्याएका थिए। तर ती शिशुका सरोगेट आमा भने इजरेली जहाजमा थिएनन्। किनभने उनीहरुलाई शिशुसँगै जहाजमा जान अनुमति थिएन। नेपालमा त्यसरी इजरेल लगेका शिशुको संख्या २६ पुगेको छ। नागरिक दैनिकमा समाचार छ।
इजरेलमा विपरीत लिंगी दम्पतीले मात्र सजिलै सरोगेट आमा भाडामा लिन पाउने कानुनी व्यवस्था छ। गे (समलिंगी पुरुष दम्पती) र एकल अभिभावकले सरोगेट शिशुका लागि विदेशकै मुख ताक्नुपर्छ। सरोगेसीको खर्च थोरै लागे पनि स्तरीय चिकित्सा खर्च सामान्यतया बढी लाग्ने भारत नै धेरै वर्षसम्म यस्ता इजरेलीको पहिलो प्राथमिकतामा थियो।
भारतले कानुनी प्रावधान परिवर्तन गर्दा कतिपय इजरेलीका सरोगेट शिशु जन्मन बाँकी नै थिए। कानुन परिवर्तनपछि सरोगेट भारतीय आमाहरू सुत्केरी हुन नेपाल यात्रामा गए। त्यसपछि इजरेलका सरोगेसी एजेन्सीहरूले आफ्नो सरोगेसी कारोबार भारतबाट विस्थापन गरी नेपालमा गर्न थाले।
हेर्नुहोस् भिडियोः अरुका गर्भ बोक्ने भाडाका आमाहरु…


