सरकारका गल्ती औंल्याउनेलाई साइबर मुद्दा

पूर्वसचिव भीम उपाध्याय

काठमाडौं, शक्ति र सत्तामा हुनेले जेसुकै गरे पनि उनीहरुलाई ढाकछोप गर्न तल्लीन रहेको सरकारले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकै भरमा नागरिकमाथि कडा कारबाही गर्ने कदम चालिरहेको छ।

त्यसैको उदाहरण हुन्–साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय।

उनले सरकारले गरेका गलत कामबारे सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्दै आएका थिए।

प्रहरीले साइबर ब्युरोले उनलाई गत बुधबार साँझ ललितपुर कुसुन्तीबाट पक्राउ गरेको थियो।

साइबर ब्युरोको तथ्याकंअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको आधारमा २० जनाभन्दा बढी कारबाहीमा परेका छन्। साउनयता साइबर अपराध गरेको आरोपमा ९३ जना पक्राउ परेका छन्। यो समाचार नागरिक दैनिकमा छ।





Comments

comments

35937