Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
विश्वभर एक अर्ब २० करोड हवाई यात्रु घट्ने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

विश्वभर एक अर्ब २० करोड हवाई यात्रु घट्ने

हवाई यात्रु

काठमाडौं – कोरोना भाइरसको महामारीले विश्वमा सबैभन्दा बढी होटल तथा उड्डयन क्षेत्रलाई प्रभाव परेको छ।

आन्तरिक आवतजावत ठप्प भइरहेको समयमा अन्तर्राष्ट्रिय उडान, पर्यटक आवागमन, घुमफिरजस्तो विश्व पर्यटनको चहलपहलमै कमी आउने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले यसअघि घोषणा गरिसकेको छ।

आईकाओको पछिल्लो प्रक्षेपणअनुसार सन् २०२० सेप्टेम्बरसम्म हवाई यात्रुको संख्यामा १ अर्ब २० करोडले कमी आउनेछ। यही अप्रिल २२ मा सार्वजनिक गरिएको प्रक्षेपणमा अन्तर्राष्ट्रिय रूपमै हवाई यात्रुको संख्यामा अघिल्लो वर्षको तुलनामा उक्त संख्यामा कम हुने उल्लेख छ।

हवाई यात्रुको संख्या अन्तर्रा्ष्ट्रिय उड्डयन क्षेत्रको क्षमताभन्दा एकतिहाइले घट्ने प्रक्षेपण गरिएको छ। यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आयमा पनि १ खर्ब ६० अर्बदेखि २ खर्ब ५३ अर्ब डलरसम्म कमी आउने जनाइएको छ।

उड्डयन क्षेत्रले अन्तर्रा्ष्ट्रिय स्तरमा जोड्ने काम मात्रै नगरी रोजगारी सिर्जना गर्दै आर्थिक गतिविधिमा असर गर्ने हुन्छ। हरेक वर्ष ३ करोड ८० लाख व्यावसायिक उडानबाट ४८ हजार ५ सय रुटको प्रयोग गरी ४ अर्ब ३० करोड यात्रुले हवाई उडान गरेको एभिएसन बेनिफिट्स रिपोर्ट २०१९ ले जनाएको छ। यसबाट ६ करोड ५५ लाख जनाले रोजगारी पाएका थिए। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा सुनिता कार्कीले लेखेकी छिन्।

[table “” not found /]


[table “” not found /]


[table “” not found /]


[table “” not found /]





Comments

comments

35943