Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मन्त्री बन्ने आकांक्षाले स्माइली मगरलाई हत्यारा बनायो (भिडियोसहित)

मन्त्री बन्ने सपनामा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हानी हत्या गरेको भगवान भनिने संजय स्माइली मगरले बताएका छन्।

न्यायाधीशको हत्या गरेपछि चुरे भावर पार्टी सरकारमा जाने र मन्त्री बन्न पाइने आश्वासनमा न्यायाधीशलाई गोली हानेको मगरले प्रहरीसमक्ष बयान दिएका छन्।

हत्याका मुख्य योजनाकार बाबु थापा भनिने मेघबहादुर थापाले न्यायाधीशलाई हत्या गरेपछि आफू ठूलो मन्त्री हुने र उनलाई पनि मन्त्री बनाई दिने आश्वासन दिएपछि उनी प्रलोभनमा परेको बताएका छन्। मन्त्री बनेपछि प्रशस्तै पैसा पनि कमाइन सकिने प्रलोभनमा न्यायाधीशलाई गोली हानेको मगरले बयान दिएका छन्।


पहिले मुन्द्रे, पछि साउदीमा इस्लाम धर्मगुरु बनेर प्रवचन दिदै

चुरे भावर पार्टीको आधिकारिता विवादमा न्यायाधीश बमले उनीहरुको विपक्षमा फैसला सुनाएपछि प्रतिशोध लिन थापाले बमको हत्या गर्ने योजना बनाएका थिए। बमको हत्या गरेपछि पार्टी चर्चित हुने र आफूहरू मन्त्री बन्ने योजना अनुसार बमलाई गोली हानेको मगरले बताएका छन् ।

बमको हत्यापछि पनि नेपालमा राम्रो जागिर नपाएपछि साउदी पुगेका स्माइली मगरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले आइतवार साउदी अरबबाट पक्रेर नेपाल ल्याइएको थियो।

२०६९ जेठ १८ गते विहान बंगलामूखीको दर्शन गरी घर फर्किदा बममाथि ललितपुरको शंखमूलमा गाडी रोकेर पहिलो गोली मगरले नै हानेका थिए। पिएसओलाई नै गोली हानी घाइते बनाएर न्यायाधीशमाथि मगरले गोली हानेका थिए।

इन्टरपोलको रेडकर्नर नोटिसमार्फत खोजी गरिएका रामेछाप खनियापानी ५ का स्माइली मगर गत चैत १० गते साउदीबाट पक्राउ परेका थिए। बमका अर्का सुटर जनकपुरका शिव भन्ने करण चौधरी यसअघि नै पक्राउ परि सकेका छन्। बम हत्यामा संलग्न मगर बाहेक अन्य सबै अभियुक्तलाई सिआईबीले २०७१ जेठ १८ गते पक्राउ गरेको थियो।

को हुन् संजय स्माइली मगर? हेर्नुहोस् भिडियो..

इस्लामको प्रचार गर्दै स्माइली मगर





Comments

comments

3611