दशकौंअघि नै कालापानीमा नेपालकाे राज्य

फाइल फाेटाे

काठमाडौं – २० को दशकदेखि नै दार्चुलाको उत्तरी व्यास क्षेत्र (कालापानी नजिक) मा राज्यको उपस्थिती रहेको पाइएको छ।

सीमासम्बन्धी अनुसन्धानकर्ता एवं पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेलले ५५–५६ वर्ष अघिदेखि दार्चुलाको व्यास क्षेत्रमा सुरक्षा उपस्थिती रहँदै आएको बताए।

उनले २०२९ माघ ११ मा चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) ले तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई जाहेर गरेको तथ्यसमेत जिल्ला प्रशासन कार्यालयमा आफूले पाएको बताए।

छाङ्रु र तिंकरबाट संकटकालका बेला सीमा प्रशासन कार्यालय, सीमा प्रहरी कार्यालय, प्रहरी चौकी, छोटी भन्सार विस्थापित भएका थिए। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।





Comments

comments

36502