Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यस्तो छ – एनआरएनको ३० करोड लगानीमा खुलेको रुपाकोट रिसोर्ट (फोटो फिचर)

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं। गैरआवासीय नेपालीको लगानीमा कास्कीको रुपाकोटमा सुविधासम्पन्न रिसोर्ट खुलेको छ। बेल्जियममा २० बर्षदेखि व्यवसाय गरिरहेका पुष्प अधिकारीको ३० करोड रुपैयाँ लगानीमा खुलेको रुपाकोट रिसोर्टको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र बेल्जियमका टिलविङ नगरका मेयर रुडी बेइकनले शुक्रबार संयुक्तरुपमा उद्घाटन गरेका हुन्।

रिसोर्टको उद्घाटन गर्दै अध्यक्ष घलेले नेपालको आर्थिक बृद्धिका लागि पर्यटन लगायतका दीर्घकालिन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरे। ‘होटल क्षेत्रमा लगानी गर्दा नेपालको अर्थतन्त्रमा बहुआयामिक प्रभाव पर्छ’ अध्यक्ष घलेले भने- ‘आफ्नै गाउँठाउँमा रोजगारी सिर्जना गर्न पाउनु हामी एनआरएनहरुका लागि गौरवको कुरा हो।’

बेल्जियमको टिल विङ नगरका मेयर बेइकनले युरोपेली पर्यटकहरु हिमाल हेर्न नेपाल आउने भन्दै रुपाकोट रिसोर्टले युरोपेली पर्यटकलाई आर्कषिर्त गर्ने बताए। ‘पुष्पलाई बेल्जियममा नपुग्दो केही थिएन तर, उनी जोखिम मोलेर आफ्नै गाउँमा रिसोर्ट खोल्न फर्किए, यसले नेपालमा आर्थिक सम्बृद्धिका लागि बाटो खोल्नेछ’- उनले भने। रुपाकोट रिसोर्टका अध्यक्ष पुष्प अधिकारीले आफुले १५ बर्षदेखि देखेको सपना पुरा भएको बताए। रुपाकोट रिसोर्टले प्रकृति, सुबिधा र सम्पदाको संयोजनसहित पर्यटकलाई स्वागत गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए।

दृश्यहरुको ‘ब्रान्डिङ’ गरेर ग्राहकलाई आकषिर्त गर्ने योजनाका साथ रिसोर्टमा लगानी गरेको अधिकारीले जानकारी दिए। २ सय रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा परम्परागत शैलीका आठ वटा भवन छन्। जहाँ ८४ जना ग्राहक बस्न सक्ने ४२ वटा वातानुकुलित कोठाहरु छन्। रिसोर्ट निर्माणमा नेपाली मौलिक शैलीलाई पनि पछ्याइएको जसले गर्दा गाउाको घरमै गएर बसेजस्तो अनुभूति हुन्छ। रिसोर्टको भान्सामा पाक्ने खाद्य वस्तु ९० प्रतिशत अर्ग्यानिक हुने अधिकारीले जानकारी दिए। रिसोर्टले स्थानीय किसानलाई अर्गयानिक खेती गर्न प्रोत्साहन गर्न सिँचाइका लागिसमेत सहयोग गरेको छ।





Comments

comments

3669