Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जापानबाट क्यान्सर पीडित तथा अनाथ बालबालिकाहरुलाई सहयोग

श्री गुरुङ / एचकेनेपाल डट कम-
टोक्यो, तमु धीं जापान र कास्की पोखरा समाज जापानले शनिबार “एभरेस्ट एशियन डाईनिङ् ” उईनोमा एक कार्यक्रम गरी क्यान्सर पीडित तथा अनाथ बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ।

टोक्योमा भएको नयाँ बर्षको एक शुभ कामना कार्यक्रममा जापान आएकी गायिका पुजा गुरुङलाई सो रकम हस्तान्तरण गरिएको हो। गायिका पुजा गुरुङले ४३ जना क्यान्सर तथा अनाथ बालबालिकाहरुको पालन पोषण गर्दै आईरहेकी छन् भने क्यान्सर पीडित बिरामीहरुलाई बीपी कोईराला अस्पताल भरतपुरमा उपचार गराइरहेकी छन्।

कार्यक्रममा तमु धीं जापानका अध्यक्ष भिम गुरुङ र कास्की पोखरा समाज जापानका अध्यक्ष जे.पी.पण्डितले गायिका पुजा गुरुङलाई खाता लगाई सो रकम हस्तान्तरण गरिएको थियो भने तमु धीं जापानका बरिष्ठ उपाध्यक्ष तथा एक्स बगर युथ क्लबका संस्थापक श्री गुरुङले आफ्नो क्लबको तर्फबाट र तमु धीं जापानका उपाध्यक्ष पदम गुरुङ गुरुंगले पनि आर्थिक सहयोग गरेका थिए।

कार्यक्रममा तमु धीं जापानका उपाध्यक्ष अनिता गुरुङ, महासचिब अमर गुरुङ, कोषध्यक्ष प्रकाश गुरुङ, आजिबन सदस्य तथा सल्लाहकार यामा गुरुङ (शेरचन),बिमला गुरुङ, बिष्णु गुरुङ, माया गुरुङ, मदन गुरुङ, गंगा थापाले खाता लगाई सम्मान गरिएको थियो।

गायिका पुजा गुरुङले आफ्नो छोरी क्यान्सर रोग लागि केही बर्ष पहिला मृत्यु भएको र उक्त रोगको पीडा कस्तो हुन्छ भन्ने अनुभब आफूमा रहेको बताइन्। सानै उमेरमा आफ्नी छोरी गुमाउनु परेकोले दुख ब्यक्त गरिन्। तमु धीं जापानका अध्यक्ष भिम गुरुङले गायिका पुजा गुरुंगले गरेको यस अभियानको सम्मान गर्दै आगामी दिनहरुमा तमु धीं जापान तथा आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिए।

कास्की पोखरा समाज जापानका अध्यक्ष जे.पी.पण्डितले केही महिना पहिला मात्र गठित आफ्नो समाजले यसरी सहयोग गर्न पाउदा ज्यादै खुशी लागेको बताए। कार्यक्रम संचालन तमु धीं जापानका महासचिब अमर गुरुङले गरेका थिए।





Comments

comments

3674